News Griha :: न्यूजगृह
नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनाको बयान सुरु

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना प्रतिवादीहरूको बयान लिन सुरु भएको छ । 

पक्राउ परेका १६ जनाको बयान शुक्रबारदेखि काठमाडौं जिल्ला अदालतमा न्यायाधीशसमक्ष बयान लिइनेछ । 

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउन खोज्ने ३० जनाविरूद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । 

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ इन्द्रजित राईलगायत उच्च पदस्थहरू जोडिएको मुद्दामा अमेरिका पठाइदिने भन्दै झन्डै २९ करोड रूपैयाँ उठाइएको आरोप छ । 

प्रकरणमा १६ जनालाई पक्राउ गरिएको छ । उनीहरूलाई अदालतमा बयान गराइनेछ । १४ जना भने अझै फरार छन् । उनीहरूविरुद्ध ठगी, सरकारी लिखत कीर्ते, राष्ट्रिय हितविरुद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १३:३८
Weather Update