News Griha :: न्यूजगृह
गम्भीर आरोप टाउकोमा बोेकेर सदनमा भाग लिन सक्दैनौँ : सुवास नेम्वाङ

काठमाडौं— नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले पशुपतिनाथमा पितलको जलहरी चढाएर एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गरेको भन्ने सत्ता पक्षबाट लागेको आरोपको छानबिनका लागि माग गरेका छन् । 

शुक्रबार प्रतिनिधि सभाको बैठकमा उनले सत्ता पक्षले लगाएको आरोप टाउकोमा बोकेर सदनमा भाग लिन नसक्ने भन्दै माफी माग्न लगाउन माग गरेका हुन् । 

उनले भने, ‘प्रतिपक्षको हाम्रो जिम्मेवार नेतामाथि लागेको कुरा गैरजिम्मेवार छ । सुनको जलहरीको नाममा पशुपतिनाथमा पितलको जलहरी चढाएर भ्रष्टाचार गर्ने काम भएको छ । यो यति गम्भीर आरोप लागेको छ । सत्ता पक्षले यस्तो आरोप लगाएको छ । यो टाउकोमा बोकेर कसरी भाग लिन सक्छौँ हामी । दूधको दूध पानीको पानी होस् । यो छानबिन गरेर टुङ्गोमा पुर्‍याऊँ । सम्पूर्ण कुरा सफा भएपछि मात्र हाउसमा बसौँ ।’

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १३:२२
Weather Update