News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
एमालेको विरोधपछि २० मिनेटका लागि संसद बैठक स्थगित

काठमाडौं— संसदमा एमालेले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि बैठक स्थगित गरेका छन् । 

आधारहीन आरोप लगाएको भन्दै प्रतिपक्षी दल एमालेले सदन अवरुद्ध गरेको हाे । माओवादीका सांसद लेखनाथ दाहालले एमालेप्रति लक्षित गर्दै पशुपतिको जलहरी निर्माणको क्रममा सुन प्रयोग गर्ने नाममा पित्तल प्रयोग गरेर तत्कालीन सरकारले भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेले विरोध जनाएको हो ।

Prabhu Bank

एमालेका प्रमुख सचेतक पदम गिरीले संसदमा बोल्दै दाहालले अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन् । साथै आरोप आधारहीन भएको भन्दै एमाले सांसदहरूले नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका थिए । 

एमाले सांसदहरूले दाहाललाई सो आरोप पुष्टि गर्न चुनौती समेत दिएका छन् ।
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १२:४७
sagarmatha cementsagarmatha cement
Weather Update