News Griha :: न्यूजगृह
नेपाल एअरलाइन्सका सात कर्मचारी निलम्बनमा

काठमाडौं— नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल एअरलाइन्सका चालक दलका तीन सदस्यसहित सात कर्मचारीलाई निलम्बन गरेको छ ।

ताप्लेजुङबाट काठमाडौं आएको नेपाल एअरलाइन्सको विमानमा लोड सिट क्षमताभन्दा १०५ केजी बढी सामान बोकेको पाइएपछि प्राधिकरणले अर्को सूचना जारी नभएसम्म निलम्बन गरेको हो ।

सोमबार ताप्लेजुङबाट काठमाडौं आएको ट्विनअटर ९ एन–एबीटी विमानमा लोड सिटमा भन्दा १०५ केजी बढी सामान बाकेको थियो ।

उक्त सूचना पाएपछि चालक दलका तीन जना, निगमको मार्केटिङ कर्मचारी र डिसप्याचरसहित सात जनालाई ग्राउन्डेड गरिएको निगमका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १९:४३
Weather Update