न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पर्यो नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ ।
काठमाडौं जिल्ला अदालतमा दायर मुद्दा २५ नम्बर इजलासमा न्यायाधीश न्यौपानेको इजलासमा परेको हो ।
बुधबार सरकारी वकिल कार्यालयले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, बहालवाला सचिव टेकनारायण पाण्डे लगायत ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । आरोपितको बयान र थुनछेक बहकिा लागि कम्तीमा दुई साताको समय लाग्ने अनुमान गरिएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै आरोपितहरुको मिलेमतोमा १ सय ४५ जनाभन्दा बढीसँग २८ करोड ८४ लाख रुपैयाँ ठगी भएको प्रहरी अनुसन्धानले देखाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८० ११:५१
साताको लोकप्रिय