स्थानीय तहका जनप्रतिनिधिलाई अनुशिक्षण दिँदै एमाले

काठमाडौं— नेकपा एमालेले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई अनुशिक्षण दिँदैछ ।
च्यासलस्थित पार्टी मुख्यालयमा शुक्रबारबाट हुने अनुशिक्षण दुई दिनसम्म सञ्चालन हुने बताइएको छ ।
अनुशिक्षण कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् ।
प्रशिक्षण कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षहरू सहभागी हुने छन् ।
एमालेका अनुसार स्थानीय तहको जनप्रतिनिधि र पार्टी कमिटीका बीचमा समन्वय नभएको गुनासो बढेपछि अनुशिक्षण कार्यक्रम राखिएको हो ।
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८० १०:०२
साताको लोकप्रिय