सरकारलाई सांसदको प्रश्न– कहिले जारी हुन्छ शिक्षा ऐन ?

काठमाडौं— सांसद सरिता भुसालले संघीय शिक्षा ऐन ल्याउन ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै भुसालले संविधान बनेको ८ वर्ष भइसक्दा पनि संघीय शिक्षा ऐन जारी नहुनु दुःखद् रहेको बताउँदै शिक्षा ऐन कहिले जारी हुन्छ भन्ने प्रश्न गरिन् ।
उनले भनिन्,‘संविधान जारी भएको ८ वर्ष हुँदा पनि संघीय शिक्षा ऐन अझै जारी हुन सकेको छैन । ऐन कहिले जारी हुन्छ ? तत्काल शिक्षा ऐन ल्याएर शिक्षक र कर्मचारीका समस्या समाधान गरियोस् ।’
उनले सरकारले हरेक वर्ष सार्वजनिक शिक्षा सुधारको वर्ष भनेर कार्यक्रम राखे पनि उपलब्धि शून्य भएको बताइन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८० ०९:११