राष्ट्र बैंकद्वारा शुक्रबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक

काठमाडौं— नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०९ पैसा र बिक्री दर १३२ रुपैयाँ ६९ पैसा पुगेको छ ।
यूरो एकको खरिद दर १४१ रुपैयाँ ६५ पैसा र बिक्री दर १४२ रुपैयाँ ३० पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ २४ पैसा र बिक्री दर १६३ रुपैयाँ ९८ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २३ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८० ०६:०६
साताको लोकप्रिय