राष्ट्रपति पौडेलले गरे भोटो जात्रा अवलोकन

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन् ।
राष्ट्रपति पौडेलले जावलाखेलमा बिहीबार अपराह्नमा आयोजित भोटोजात्रामा सरिक भइ भोटोजात्रा अवलोकन गरेका हुन् ।
मच्छेन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका हुन् ।
सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छेन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरे । उनले जीवित देवी कुमारीको दर्शन पनि गरे ।
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८० १९:००
साताको लोकप्रिय