News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
नेकपा एसले शरणार्थी प्रकरणविरुद्ध प्रदर्शन गर्ने

काठमाडौं— नेकपा (एकीकृत समाजवादी) ले नक्कली भुटानी शरणार्थी प्रकरणविरुद्ध थप प्रदर्शनका कार्यक्रम गर्ने भएको छ । सो पार्टीको मोर्चा संगठन विभागको नवौँ बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणविरुद्ध थप आन्दोलनको घोषणा गरेको हो ।

१६ जेठको दिउँसो ४ बजे भ्रष्टाचारविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा जुलुससहित नयाँ बानेश्वरमा पुगी सभा गर्ने निर्णय भएको विभागका प्रमुख डा.विजय पौडेलले जानकारी दिए ।

Prabhu Bank

उनका अनुसार सोही दिन देशका ७७ वटै जिल्लामा पनि एकैसाथ विरोध प्रदर्शन र कोणसभा गरिने छ । 

प्रदर्शनका लागि मोर्चा संगठनको तर्फबाट पार्टी केन्द्रीय कमिटी, भूगोलका सबै प्रदेश कमिटी, विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटीलाई सहयोगका लागि पार्टीले अनुरोध गर्ने जनाएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १८:१४
sagarmatha cementsagarmatha cement
Weather Update