News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
साझा सहमतिबाटै कोशी प्रदेश नामाकरण गरिएको कांग्रेसको दाबी 

काठमाडौं— नेपाली कांग्रेस कोशी प्रदेशले प्रदेश नामकरणको विषय वार्ताको माध्यमबाट समाधान गर्न आग्रह गरेको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत प्रदेश १ नामांकन संघर्ष समितिलाई वार्तामा बोलाई उचित मागहरूलाई सम्बोधन गर्न ध्यानाकर्षण गराएको हो । 

Prabhu Bank

विज्ञप्तिमा लेखिएको छ, ‘आन्दोलनरत सम्पूर्ण साथीहरूलाई शान्तिपूर्ण, संयमित र मानव अधिकारको उल्लंघन नहुने गरी आफ्ना जायज मागहरू राख्न आग्रह गर्दछौँ । अघिल्लो प्रदेशसभाबाट नेपालका ६ वटा प्रदेश सरकारले आफ्नो नाम र राजधानी तोकिसकेका थियो । तर तत्कालीन प्रदेश १ ले नाम राख्नैपर्ने भएकाले साझा सहमतिबाट कोशी प्रदेश नामाकरण गरियो । ’

आन्दोलनरत पक्षलाई प्रदेश सरकारको तर्फबाट धरपकड गर्ने, कर्फ्यु लगाउने, गोली हान्ने, लाठीचार्ज गर्ने तथा दुर्व्यवहार गर्ने कार्य रोक्न आग्रह समेत गरेको छ ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १६:५९
sagarmatha cementsagarmatha cement
Weather Update