बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम १४ जेठमा

बागमती— बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम १४ जेठमा प्रस्तुत गर्ने भएको छ ।
प्रदेश सभाको बिहीबारको बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्ने जानकारी दिए ।
सभामुख पाठकले उक्त दिन प्रदेश सभाका सदस्यलाई औपचारिक पोसाकमा उपस्थित हुन अनुरोध गरे । रासस
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८० १६:२४
साताको लोकप्रिय