News Griha :: न्यूजगृह
साझा सहमतिबाटै कोशी प्रदेश नामाकरण गरिएको कांग्रेसको दाबी

काठमाडौं— नेपाली कांग्रेस कोशी प्रदेशले प्रदेश नामकरणको विषय वार्ताको माध्यमबाट समाधान गर्न आग्रह गरेको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत प्रदेश नं. १ नामाङ्कन संघर्ष समितिलाई वार्तामा बोलाइ उचित मागहरूलाई सम्बोधन गर्न ध्यानाकर्षण गराएको हो ।

विज्ञप्तिमा लेखिएको छ, ‘आन्दोलनरत सम्पूर्ण साथीहरूलाई शान्तिपूर्ण, संयमित र मानवअधिकारको उल्लंघन नहुने गरी आफ्ना जायज मागहरू राख्न आग्रह गर्दछौँ । अघिल्लो प्रदेश सभाबाट नेपालका ६ वटा प्रदेश सरकारले आफ्नो नाम र राजधानी तोकिसकेका थियो । तर, तत्कालीन प्रदेश नं. १ ले नाम राख्नैपर्ने भएकाले साझा सहमतिबाट कोशी प्रदेश नामाकरण गरियो ।’

आन्दोलनरत पक्षलाई प्रदेश सरकारको तर्फबाट धरपकड गर्ने, कर्फ्यू लगाउने, गोली हान्ने, लाठीचार्ज गर्ने तथा दुव्र्यवहार गर्ने कार्य रोक्न आग्रह समेत गरेको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १५:५५
Weather Update