News Griha :: न्यूजगृह
मुलुकको अवस्थाले मानिसहरू आत्तिए : थापा

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको वर्तमान अवस्था देखेर मानिसहरू आत्तिएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै महामन्त्री थापाले मानिसहरूले नेपालमा बसेर गल्ती गर्‍यौं कि भन्न थालेको बताए ।

महामन्त्री थापाले भने,‘आज प्रत्येक मानिस मुलुकको अवस्था देखेर आत्तिएको छ । खासगरी तन्नेरीहरू आत्तिएका छन् । ठाउँ छोडेर जान चाहिरहेका छन् । मान्छेले नेपालमा बसेर गल्ती पो गर्‍यौं कि भन्न थालेका छन् ।’

उनले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्व सरकारले लिएको आर्थिक नीतिकै कारण मुलुक आजसम्म टिकेको दाबी गरे ।

महामन्त्री थापाले तत्काल शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगोमा पुर्‍याउनु पर्ने पनि बताए ।

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १८:१४
Weather Update