News Griha :: न्यूजगृह
यी पाँच तरकारीका फाइदा

हरियो सागसब्जी खानुपर्छ भन्ने प्रायः सुन्नुभएकै होला ।  हरियो सागसब्जीमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ । जानौँ यस्ता ५ तरकारीका बारेमा जसले शरीरलाई स्वस्थ र सक्रिय राख्न मद्दत गर्छ ।

क्याप्सिकम (भेडे खुर्सानी)

खानेकुरामा हरियो क्याप्सिकम समावेश गर्नुपर्छ । उमेरसँगै हड्डी कमजोर हुने भएकाले जोर्नीको समस्या हुन थाल्छ ।  क्याप्सिकम खाँदा ओस्टियोआर्थराइटिस जस्ता रोगबाट शरीरलाई बचाउन सकिन्छ । क्याप्सिकममा फोलेट, फाइबर, भिटामिन–ए, भिटामिन–सी, भिटामिन–ई जस्ता पोषक तत्वहरू पाइन्छ । यसले बुढ्यौलीका लक्षणहरू कम गर्न पनि मद्दत गर्छ ।

लौका

मधुमेह रोगबाट बच्न तरकारीमा लौका समावेश गर्नुहोस् । लौकामा कम ग्लाइसेमिक इन्डेक्स हुन्छ जसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । लौकाको तरकारी बनाएर खान वा लौकाको जुस पिउनु पनि फाइदाजनक हुन्छ । लौकामा थायामिन, आइरन, म्याग्नेसियम, म्याग्नेसियम, रिबोफ्लेभिन, भिटामिन–सी, फाइबर जस्ता पोषक तत्व पाइन्छ ।

भिण्डी

भिण्डीमा फाइबर, म्याग्नेसियम, प्रोटिन, फ्याट, कार्बोहाइड्रेट, भिटामिन–ए, भिटामिन–सी, भिटामिन–के, भिटामिन–बी जस्ता पोषक तत्वहरू पाइन्छ । भिण्डी खाँदा कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । भिण्डी खाएर मुटुलाई स्वस्थ राख्न सकिन्छ । भिण्डीमा पाइने पोषक तत्वले खराब कोलेस्ट्रोलको स्तर कम गर्छ । भिण्डी खाँदा आन्द्रामा हुने हानिकारक तत्वलाई शरीरबाट बाहिर निकाल्न पनि मद्दत गर्छ ।

धनियाँ

उमेर बढ्दै जाँदा आँखा कमजोर हुन थाल्छ । खानेकुरामा यस्ता चीजहरू समावेश गर्नुपर्छ जसले आँखाको ज्योति कमजोर हुनबाट बचाउन सक्छ । उमेर बढ्दै जाँदा आँखामा मोतियाबिन्दुको समस्या पनि हुन सक्छ । आफ्नो आँखा स्वस्थ राख्न आफ्नो खानेकुरामा धनियाँ समावेश गर्नुहोस् । धनियाँमा भिटामिन–ए, भिटामिन–सी, भिटामिन–ई, क्यारोटिनाइडजस्ता पोषक तत्वहरू पाइन्छ । यी सबै पोषक तत्वहरूले आँखालाई स्वस्थ राख्न मद्दत गर्दछ ।

बन्दागोभी

उमेर बढ्दै जाँदा मेटाबोलिजम र पाचन प्रणाली कमजोर हुँदै जान्छ । जसका कारण कब्जियत, एसीडीटी, ग्यास्ट्राइटिस, इरिटेबल बोवेल सिन्ड्रोम जस्ता पेटसँग सम्बन्धित समस्याहरू सुरु हुन्छन् । तिनीहरूबाट छुटकारा पाउन बन्दागोभी खानुहोस् । बन्दागोभीमा भिटामिन सी पाइन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । बन्दागोभी जाडोमा खाइने तरकारी हो ।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  ०८:५४
Weather Update