News Griha :: न्यूजगृह
यस्तो रहनेछ बिहीबार मौसम

काठमाडौं— हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । बिहीबार देशका केही स्थानमा वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बाग्मती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहेको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

दिउँसो देशभर पूर्णतया बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  ०६:३०
Weather Update