News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
‘न्याय : अवधारणा एक परिप्रेक्ष्य अनेक’ सार्वजनिक

काठमाडौं— कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायका उपभोक्तालाई तथ्य र प्रमाणका आधारमा न्याय दिनुपर्ने बताएका छन् ।

‘न्याय : अवधारणा एक परिप्रेक्ष्य अनेक’ पुस्तकको बुधबार सार्वजनिक गर्दै उनले तथ्य र प्रमाणका आधारमा नै न्याय दिनुपर्ने बताएका हुन् । पुस्तक निकै पठनीय र सङ्ग्रहणीय भएको उल्लेख गर्दै उनले सबैलाई उपयोगी हुने उक्त पुस्तक पढ्न आग्रहसमेत गरे ।

Prabhu Bank

‘पूर्वीय दर्शनबारे हामीलाई नै थाहा छैन, पश्चिमाले पूर्वीय दर्शनकै विषयमा लेखेका पुस्तक किन्छौँ’, कामु प्रन्या कार्कीले भने,‘न्यायको पूर्वीय दर्शनको हामीले नै सोध गर्नु जरुरी छ ।’

महान्यायाधिवक्ता डा.दिनमणि पोखरेलले तर्क र प्रमाणबाट न्याय कसरी दिलाउन सकिन्छ भनेर पुस्तकमा स्पष्ट लेखिएको बताए । उनले पूर्वीय दशर्नमा न्याय भनेको अनुभूति भएको बताए । 

पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता डा.युवराज सङ्ग्रौलाले समाज र न्यायको उत्थान गर्ने हो भने अनुसन्धान गर्नुपर्ने र पश्चिमी प्रयोग छाड्पर्ने बताए ।

वरिष्ठ अधिवक्ता लक्ष्मीप्रसाद मैनालीले न्याय दर्शनको विषयमा लेखिएको पुस्तक अत्यन्तै कम भएको र यो पुस्तक न्याय क्षेत्रकै लागि उपयोगी भएको बताए ।

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले पुस्तक न्यायको विकास कसरी सुरुआत भयो भन्ने कुरा उल्लेख भएको र दशर्नमा आधारित पुस्तक भएकाले महत्त्वपूर्ण रहेको बताए ।

पुस्तकका लेखक अधिवक्ता रवीन्द्र भट्टराईले पुस्तक बुद्ध दर्शनबाट प्रभावित भएर लेखिएको र सबैले पढ्दा राम्रो हुने विश्वास व्यक्त गरे ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  २१:४८
sagarmatha cementsagarmatha cement
Weather Update