News Griha :: न्यूजगृह
बिनु यादवको अनशन १५औं दिनमा तोडियो

काठमाडौं— आफ्नै प्रेमी र काका ससुराबाट बलात्कृत भएको भन्दै न्यायका लागि अनशन बसेकी बिनु यादवले अनशन तोडेकी छिन् ।

यादव अनशन बसेको १५औं दिनमा बुधबार गृहमन्त्री नारायणकाजी श्रेष्ठ अनशनस्थल माइतीघरमा पुगेर बिनुको अनशन तोडाएका हुन् ।

काठमाडौंको माइतीघरमा २७ वैशाखदेखि अनशन बसेकी यादवले सरकारसँग ५ बुँदे सहमति भएपछि गृहमन्त्री श्रेष्ठको हातबाट जुस पिएर अनशन तोडेकी हुन् ।

सरकारले बलात्कारको मुद्दा महान्यायाधिवक्ताको कार्यालयमा पठाउने, अदालतमा विचाराधीन विषयमा न्यायिक निरुपण गर्ने, अन्य मागका सम्बन्धमा क्षेत्राधिकार रहेको सम्बन्धित निकायमा लेखी पठाउने तथा सत्याग्रही यादवको पछिल्लो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य उपचार गराउने लागायतका मागमा सहमति भएकाे छ ।

bini yadavb1684941416.jpg

binu yadab anashan1684941369.jpg

binu yadav1684941217.jpg

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  २०:५७
Weather Update