कांग्रेसले गल्ती गर्दैन : शेखर कोइराला

काठमाडौं— नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले व्यक्ति समाप्त भए पनि पार्टी कहिल्यै समाप्त नहुने बताएका छन् ।
बुधबार नेपाल साँस्कृतिक संघको १८औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा नेता कोइरालाले कांग्रेसलाई सक्यो भनेर कांग्रेसकै केन्द्रीय सदस्यहरूले लेख्न थालेको भन्दै कांग्रेस समाप्त नहुने बताएका हुन् ।
उनले भने,‘नेपाली कांग्रेस खत्तम भयो भनेर नेपाली कांग्रेसकै केन्द्रीय सदस्यहरूले भन्दैछन् । महासमिति सदस्यहरूले भन्दैछन् । महाधिवेशन प्रतिनिधिहरूले भन्दैछन् । व्यक्ति समाप्त होला । कांग्रेस समाप्त हुँदैन । त्यो हामीले बुझ्न जरुरी छ । व्यक्तिले गल्ती गर्न सक्ला तर कांग्रेसले गल्ती गर्दैन ।’
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८० १९:३८