News Griha :: न्यूजगृह
विश्वविद्यालय बेथितिको सिकार बन्यो : डा.गंगालाल तुलाधार 

काठमाडौं— पूर्वशिक्षामन्त्री डा.गंगालाल तुलाधारले विश्वविद्यालय बेथितिको सिकार बनेको टिप्पणी गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित नेपालमा विश्वविद्यालयको अवस्था, सम्भावना र चुनौती विषयक विचार गोष्ठी कार्यक्रममा उनले विश्वविद्यालय बेथितिको सिकार बनेको बताए ।

‘नेपालको विश्वविद्यालयको वातावरण गौरव गर्न लायक, सुधार गर्न लायक छैन । त्रिभुवन विश्वविद्यालय बेथितिको भण्डार हो । नमुना विश्वविद्यालयको रूपमा काम गरेको देख्न चाहान्छौं ।’

उनले विश्वविद्यालय सुधारबारे चर्चासमेत नगरिएको टिप्पणी गरे । 

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १९:२६
Weather Update