शरणार्थी प्रकरण : के भन्छन् वामदेव गौतम ?

काठमाडौं— राष्ट्रिय सभाका सदस्य एवम् पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
गौतमले उक्त प्रकरण ज्यादै ठूलो अपराध भएको बताउँदै संलग्न जोकोहीलाई पनि नियम र कानुन बमोजिम कारबाही गर्नुपर्ने बताएका हुन् ।
बुधबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भने,‘त्यो ज्यादै ठूलो अपराध हो । संलग्न जोसुकै भएपनि नियम र कानुन बमोजिम कारबाही हुनुपर्छ । कारबाही गर्ने प्रक्रिया सुरु भएको छ ।’
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८० १८:५६