News Griha :: न्यूजगृह
शरणार्थी प्रकरण : प्रधानमन्त्रीसम्मकै अनुसन्धान हुनुपर्छ : माधव सापकोटा

काठमाडौं— नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्रीसम्म नै शरणार्थी प्रकरणको लहरो  तानिए पनि अनुसन्धानबाट पछि हट्न नहुने बताएका छन् ।

बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद सापकोटाले अनुसन्धानबाट पछि हट्न नहुने बताएका हुन् ।

उनले यस प्रकरणमा नाम आएकाले प्रहरीसमक्ष गएर बयान दिएर अनुसन्धानमा सघाउनुपर्ने उल्लेख गरे । त्यस्तै यस प्रकरणमा नाम आएका बहालवाला पदाधिकारीले पनि सम्बन्धित पदबाट हटेर अनुसन्धानमा सघाउनुपर्ने बताए ।

त्यस्तै कांग्रेस सांसद रामहरि खतिवडाले निष्पक्ष छानबिन हुनुपर्ने र बयानमा नाम आएकाहरूले पनि अनुसन्धानमा सहयोग गर्नुपर्ने बताए ।

त्यस्तै जनता समाजवादी पार्टी, नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवले अनुसन्धान निष्पक्ष हुनुपर्ने र दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १८:४०
Weather Update