News Griha :: न्यूजगृह
शरणार्थी प्रकरण : एमालेकै नेताहरूको थप नाम आइरहेको छ, प्रहरीले बोलाए जानुपर्छ : भट्टराई 

काठमाडौं— नेकपा एमालेका सचिव योगेश भट्टराईले नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा एमालेले पूर्ण रूपमा सहयोग गर्ने बताएका छन् ।

बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले निष्पक्ष, पारदर्शी र स्वतन्त्र ढंगले छानबिन गर्न सरकारलाई भनिसकेको भन्दै एमालेले यस प्रकरणको अनुसन्धानमा सहयोग गर्ने बताएका हुन् ।

उनले पार्टीकै अन्य नेताहरूको नाम आए पनि प्रहरी बोलाए बयानका लागि जानुपर्ने बताए । भट्टराईले कसैले भनेकै भरमा दोषी कायम नहुने भन्दै आफ्नो नाम परे पनि बयानका लागि जाने बताए ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १८:३५
Weather Update