News Griha :: न्यूजगृह
लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन आह्वान
फाइल तस्बिर ।

लुम्बिनी— लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको दोस्रो अर्थात् बजेट अधिवेशन आह्वान गरेका छन् । 

प्रदेश प्रमुख कार्यालयबाट बुधबार जारी विज्ञप्तिमा प्रदेश सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गर्नका लागि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीबाट मङ्गलबार सिफारिस भइ आएकाले सभाको दोस्रो अधिवेशन आह्वान भएको जनाइएको छ । 

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ १२ गते शुक्रबार दिनका १ बजे प्रदेश सभा भवन, राप्ती उपत्यका (देउखुरी) मा प्रदेश सभाको अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यस्तै प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले संविधानको धार १८३ को उपधारा १ र धारा १६६ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरेको लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम ३ को उपनियम १ बमोजिम सूचना जारी गरिएको उल्लेख गरेका छन् । रासस

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १८:००
Weather Update