समन्वय
सडक बनाएर मात्रै विकास हुँदैन— प्रधानमन्त्री प्रचण्ड

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सडक बनाएर मात्रै विकास र रोजगारी नहुने बताएका छन् ।
गोरखा क्षेत्र नम्बर २ मा पर्ने पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक मंगलबार शिलान्यास गर्दै उनले सडक बनाएर मात्रै विकास र रोजगारी नहुने भन्दै शिक्षा, स्वास्थ्यलगायत क्षेत्रसँग सडक जोड्न सक्नुपर्ने बताए । जनतालाई सेवा दिएर विश्वास जित्ने संकल्प आफूले लिएको प्रधानमन्त्री प्रचण्डको भनाई थियो । मुलुकको विकासलाई गति दिन बृहत्तर समन्वय बैठक राख्ने उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले विकासलाई गति दिन तीनै तहको सरकारबीच समन्वय बैठक गरिनेसमेत बताए । ‘संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्न बृहत्तर बैठक छिट्टै आयोजना गर्दैछु,’ उनले भने, ‘विकासलाई गति दिन गम्भीर छलफल हुन्छ । विकासको मोडालिटीबारे पनि छलफल गरिन्छ ।’
प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९ १४:१७













