News Griha :: न्यूजगृह
रास्वपाका सभापति लामिछानेबारे दरपिठ भएको रिट दर्ता गर्न आदेश

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध युवराज पौडेल सफलले सर्वोच्च अदालतमा दर्ता गराउन दिएको रिट दरपिठ गर्ने आदेश बदर भएको छ ।

लामिछानेले नेपाली नागरिकता पुनः प्राप्ति गर्दा प्रक्रिया पूरा नगरेकाले उनी सांसद रहन अयोग्य रहेको भन्दै सफलले सर्वोच्चमा रिट लिएर पुगेका थिए । सो समयमा सर्वोच्चले सो रिट दर्ता नगरी दरपिठ गरिदिएको थियो ।

२८ वैशाखमा सर्वोच्च प्रशासनले सो रिट दरपिठ गरेपछि सफलले दरपिठविरुद्ध २ जेठमा निवेदन दिएका थिए । उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले सोमबार सो रिट दरपिठ गर्ने आदेश बदर गरेको हो ।

सर्वोच्चबाट लिखित आदेशको आइसकेपछि  रिट दर्ता गर्ने तयारीमा सफल छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १९:१४
Weather Update