News Griha :: न्यूजगृह
राष्ट्रिय शिक्षा दिवस २ असोजमा मनाउने निर्णय

काठमाडौं— सरकारले २ असोजमा राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्‍येक वर्ष २ असोजमा राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेकी सरकारकी प्रवक्ता रेखा शर्माले भनिन्,‘शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको प्रस्तावमा अबदेखि प्रत्‍येक वर्ष २ असोजमा शिक्षा दिवस मनाउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।’

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १८:२७
Weather Update