News Griha :: न्यूजगृह
नेपाल जलवायु परिवर्तन पीडित राष्ट्र बन्यो : सांसद भट्टराई 

काठमाडौं— एमाले सांसद योगेश भट्टराईले नेपाल बाढी, पहिरो, प्राकृतिक प्रकोपले जलवायु परिवर्तनको पीडित राष्ट्र बन्न पुगेको टिप्पणी गरेका छन् ।

मङ्गलवार प्रतिनिधि सभा बैठकमा उनले नेपाल जलवायु परिवर्तनको पीडित राष्ट्र बन्न पुगेको भन्दै यसको समाधानका लागि नेपालका तीनै तहका सरकार, निजी क्षेत्र र समुदायको बीचमा कार्यगत समन्वय गरी काम गर्नुपर्ने बताए । 

‘उद्योगबाट भएको व्यापक कार्बन उत्पादनले प्राकृतिक विनाश तीव्र गतिमा बढेको तापक्रमका कारण प्रकृति र जीवजन्तु संकटमा पर्दै गएका छन् । त्यसको सबैभन्दा बढी असर हिमालमा परेको छ । नेपाल बाढी, पहिरो, प्राकृतिक प्रकोपले जलवायु परिवर्तनको पीडित राष्ट्र बन्न पुग्यो,’ उनले भने, ‘नेपालले पाउनुपर्ने क्षतिपूर्ति, हाम्रा मुद्दा अन्तर्राष्ट्रियकरण गर्न नेपालका तीनै तहका सरकारहरूको बीचमा निजी क्षेत्र, समुदायको बीचमा कार्यगत समन्वय गरी काम गर्न र हिमालहरू जोगाउन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु ।’

जलवायु परिवर्तनसम्बन्धी प्रयोग महासंघको महासन्धि पेरिस कन्भेन्सनले नेपाल जस्ता पीडित राष्ट्रहरूले क्षतिपूर्ति पाउनुपर्ने व्यवस्था गरेको भन्दै उक्त अधिकारको लागि पहल गर्न आग्रह गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १२:४१
Weather Update