News Griha :: न्यूजगृह
लम्पी स्किन रोगले गाईहरू मरिरहेको सरकारले देखेन : सांसद बर्तौला

काठमाडौं— नेकपा एमालेका सांसद महेश बर्तौलाले गाई पालक किसानहरूलाई राहत प्रदान गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले यो विषयमा पटक पटक संसद्मा कुरा उठ्दा पनि सरकारले वेवास्ता गरेको गुनासो गरे ।

सांसद बर्तौलाले भने, ‘यदि सरकारको आँखा र कान  छ भने यो सदनमा पटक पटक लम्पीस्किनका बारेमा विषय राखेका छौं  । तर मकवानपुरमा २०० भन्दा गाईहरू मरिसके ५ हजार भन्दा बढी गाईहरू संक्रमित छन् । पटक पटक भनियो सरकार सुन्दैन । सरकार देख्दैन किसानहरूलाई राहत प्रदान गर्न म आग्रह गर्न चाहन्छु ।’  

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १२:२४
Weather Update