News Griha :: न्यूजगृह
कामीरिता शेर्पा २८औँ पटक सगरमाथा शिखरमा

काठमाडौं— सोलुखुम्बुका कामीरिता शेर्पाले विश्वकै सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरैपटक पुग्ने कीर्तिमान कायम गरेका छन् ।

मङ्गलबार बिहान २८औँ पटक सगरमाथा आरोहण गरेसँगै उनले उक्त कीर्तिमान रचेका हुन् । 

उनी आबद्ध सेभेन समिट ट्रेक्स प्रालीका अनुसार कामीरिता मङ्गलबार आरोहण दलमा रहेका विदेशीहरूसँगै शिखर पुगेका थिए । उनी बिहान ९ बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका थिए ।

उनी २७औँ पटक सगरमाथा चुचुरोमा पुगेसँगै सोलुखुम्बुको पाङबोचेका पासाङ दावा शेर्पाले उनको २७औँ रेकर्ड बराबरी गर्दै गत साता सगरमाथा आरोहण गरेका थिए । योसँगै सगरमाथामा सर्वाधिक आरोहण गर्नेको सङ्ख्या दुई पुगेको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  ११:४६
Weather Update