News Griha :: न्यूजगृह
राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् ।

दिउँसो १ बजेर १ मिनेटमा बस्ने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्रीले सांसदहरूले उठाएका प्रश्न जवाफ दिने संसद् सचिवालयले जानकारी दिएको छ ।

नीति तथा कार्यक्रममाथि सांसदहरूले मिश्रित टिप्पणी गरेका छन् । सरकारले ५ जेठमा नीति तथा कार्यक्रम ल्याएको थियो । 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  ०९:३९
Weather Update