यी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा

काठमाडौं— देशमा हाल पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । सोही कारण मंगलबार लुम्बिनी, गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा बदली रहेको छ । अन्य भू–भागमा आंशिक बदली रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
राति देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८० ०६:२२













