नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो

चितवन— नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपािलका–६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार दिउँसो २ः३५ बजे सुख्खा पहिरो खसेर दुईतर्फीबाट अवरुद्ध भएको हो । सडक विभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम सुरु गरिएको छ । रासस
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८० १५:४४