News Griha :: न्यूजगृह
छात्रवृत्तिका लागि २५ जेठसम्म फाराम भर्न भराउन केन्द्रको पत्र

काठमाडौं— शिक्षा तथा मानव स्रोत विकास केन्द्रको समावेशी शिक्षा शाखाले आइतबार सबै स्थानीय तहलाई पत्र लेख्दै विपन्न लक्षित छात्रवृत्तिका लागि फाराम भर्ने भराउने विषयमा अनुरोध गरेको  छ ।

कक्षा ९–१२ मा अध्ययनरत विद्यार्थीहरूलाई आर्थिक वर्ष २०८०/८१ मा विपन्न लक्षित छात्रवृत्ति उपलब्ध गराउने प्रयोजनका लागि शैक्षिक सत्र २०७९ मा कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीहरूले पीएमटी फाराम भर्न तथा सम्बन्धित विद्यालयहरूलाई वैशाख मसान्तसम्म म्याद थप गरिएको थियो ।

वैशाख मसान्तसम्ममा पनि फाराम भर्ने र आईएमआईएसमा अपलोड गर्ने कार्य बाँकी रहेको जनाउँदै शाखाले २५ जेठसम्म सो काम गर्न तथा गराउन अनुरोध गरेको छ ।

kendra-manabasrot1684722424.JPG

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  ०८:१०
Weather Update