News Griha :: न्यूजगृह
शरणार्थी प्रकरण : आज सरकारी वकिललाई प्रतिवेदन बुझाइँदै 

काठमाडौं— जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणको आफ्नो अनुसन्धान प्रतिवेदन आज सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको छ ।

परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले कानुनले आकर्षित गर्ने सबै दफाको माग दाबीसहित अभियोजन गर्ने गरी प्रतिवेदन दिने बताए ।

प्रहरीले ठगी र संगठित अपराधमा १६ जना व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उक्त प्रकरणमा संलग्नको आरोप लागेका केही भने फरार छन् ।

घटनामा एक सय छ जना पीडितबाट २३ करोड २५ लाख ठगी भएको भनी उजुरी परेको छ ।

प्रहरीका अनुसार ठगी र संगठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर (किर्ते) तथा केहीलाई देशद्रोहको पनि मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन जानसक्ने छ ।

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  ०७:५०
Weather Update