देशका केही स्थानमा सोमबार वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं— जल तथा मौसम विज्ञान विभागले देशका केही स्थानमा सोमबार वर्षा र हावाहुरीको सम्भावना रहेको जनाएको छ ।
विभागका अनुसार सोमबार बिहान कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने विभागको भनाइ छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
विभागले कोशी र मधेस प्रदेशको तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८० ०६:२६













