News Griha :: न्यूजगृह
आज घोडेजात्रा, टुँडिखेलमा विशेष कार्यक्रम हुँदै

काठमाडौं— आज काठमाडौं उपत्यकामा घोडेजात्रा पर्व मनाइँदै छ । घोडेजात्रा प्राचीनकालदेखि काठमाडौं उपत्यकामा मनाइँदै आएइको परम्परा हो । घोडेजात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

घोडेजात्राको अवसरमा नेपाली सेनाले हरेक वर्ष काठमाडौंको टुँडिखेलमा अश्वकलाको प्रदर्शनी गर्दै आएको छ । ललितपुरको पाटनमा भने एक्लो घोडा दौडाएर घोडेजात्रा मनाउने प्रचलन छ ।

घोडेजात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विशेष कार्यक्रम गर्दैछ । कार्यक्रममा नेपाली सेना र नेपाल प्रहरीका जवानहरूले घोडादौड तथा अश्वकला प्रदर्शन गर्ने छन् ।

परापूर्वकालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा पर्व मनाइएको पाइन्छ ।

अर्को किंवदन्तीअनुसार प्रत्येक वर्षको चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको थालनी हुने विश्वासका आधारमा उक्त दिनको अघिल्लो दिन चैत्र कृष्ण औंसीमा घोडा कुदाएर अश्वयात्रा गरी नयाँ वर्षलाई स्वागत गरिने प्रचलन रहेको छ ।

घोडेजात्राको अघिल्लो दिन चैत कृष्ण चर्तुदशीलाई पिशाच चतुर्दशीका रूपमा समेत लिइन्छ ।

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  ०६:३८
Weather Update