
काठमाडौं— हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ ।
देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी, असिनासहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन, चट्याङ्ग तथा हावाहुरीबाट क्षति हुन नदीन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।













