News Griha :: न्यूजगृह
सबै विद्यालयहरूलाई केन्द्रको पत्र

काठमाडौं— शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले विद्यालय हाताबाट शैक्षिक सामग्री बिक्रीवितरण नगर्ने नगराउने सम्बन्धमा सबै विद्यालयहरूलाई १ जेठमा पत्र लेखेको छ ।

केन्द्रको पाठ्यक्रम तथा सामग्री  शाखाकी निर्देशक सविता दंगालले पत्र लेख्दै कतिपय विद्यालयहरूले व्यावसायिक रूपमा विद्यालय हाताबाट शैक्षिक सामग्री बिक्रीवितरण गरेको भन्ने गुनासाहरू आएकाले आगामी दिनमा उक्त कार्य नगर्न अनुरोध गरेकी छिन् ।

विद्यालय हाताबाट व्यावसायिक रूपमा कुनै पनि सामग्री बिक्रीवितरण गर्न नहुने व्यवस्था शिक्षा नियमावली ५९ को नियम ३७ मा छ ।

educations1684636546.JPG

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  ०८:२०
nepali_patro_2nepali_patro_2
Weather Update