News Griha :: न्यूजगृह
एमाले अध्यक्ष ओलीले आइतबार संसद् बैठकमा सम्बोधन गर्ने

काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । ओलीले आइतबार संसद् बैठकमा सम्बोधन गर्न लागेको एमाले संसदीय दलको बैठकले जानकारी दिएको छ ।

ओलीले ४ जेठमा संसद् बैठकमा सम्बोधन गर्ने बताए पनि उक्त दिन प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएपछि स्थगित भएको थियो । 

स्वास्थ्य अवस्थाका कारण देखाउँदै सो दिनको संसद् बैठकमा ओली सहभागी भएनन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा संसद्मा जानकारी दिनेसमेत यस अगाडि घोषणा गरेका थिए ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  ०६:५९
Weather Update