राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं— संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा बैठक आइतबार बस्दै छ ।
संसद् सचिवालयका अनुसार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभा बैठक बस्न लागेको हो । सचिवालयका अनुसार १४औं अधिवेशनअन्तर्गत बैठक बस्न लागेको हो ।
बैठकमा सरकारले शुक्रबार ल्याएको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । उक्त कार्यक्रममाथि सांसदहरूले धारणा राखिसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची तय भएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८० ०६:४०













