News Griha :: न्यूजगृह
विषयगत शिक्षकको व्यवस्था हुने

काठमाडौं— सरकारले सामुदायिक विद्यालयमा विषयगत शिक्षकको व्यवस्था गर्ने बताएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्मा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विषयगत शिक्षकको व्यवस्था गर्ने उल्लेख छ ।

सरकारले शिक्षण पेसालाई मर्यादित बनाउन शिक्षक दरबन्दी थप गर्ने पनि बताएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  ०६:३१
Weather Update