News Griha :: न्यूजगृह
यस्तो छ आजको मौसम

काठमाडौं— हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कोशी प्रदेश, मधेस प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानहरूमा तथा मधेस प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

कोशी प्रदेश र मधेस प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । राति भने देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ । 

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  ०६:१८
Weather Update