भ्रष्टाचारविरुद्ध रक्तदान कार्यक्रम

काठमाडौं— काठमाडौंमा भ्रष्टाचारविरुद्ध रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
भ्रष्टाचारविरुद्ध युवा अभियानले शनिबार काठमाडौंको माइतीघर मण्डलामा भ्रष्टाचारको सांकेतिक विरोध स्वरूप रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
त्यसक्रममा उनीहरूले घरघरमा गएर भ्रष्टहरूलाई सडकमा ल्याउने चेतावनी समेत दिएका छन् । भ्रष्टहरूकै कारण देश डुबेको उल्लेख गर्दै उनीहरूले भ्रष्टहरूलाई कारबाही गर्न घरघरमै गएर उनीहरूको विरुद्ध प्लेकार्डसहितको प्रर्दशन गर्ने योजनासमेत सार्वजनिक गरेका छन् ।
सरकार र राजनीतिक पार्टीहरूकै संलग्नतामा भ्रष्टाचार बढ्दै गएको भन्दै उनीहरूले ‘भ्रष्टाचार बढ्यो दिनैदिन, जनताको टाउकोमा ऋणैऋण’, ‘देश लुट्न पाइँदैन, भ्रष्टाचारी नेता चाहिँदैन’ लेखिएका प्लेकार्डहरू पनि प्रदर्शन गरेका थिए ।
प्रकाशित मिति: शनिबार, जेठ ६, २०८० १८:३२













