News Griha :: न्यूजगृह
सरकारसंँग ११ बुँदे सहमतिपछि सांसद गौतमले तोडे अनशन
फाइल तस्बिर ।

बर्दिया— प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले आफ्नो अनशन तोडेका छन् । 

१५ बुँदे मागसहित ३० वैशाखबाट बर्दिया जिल्लास्थित बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुलमुनि गौतम अनशन बसेका थिए । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला बर्दिया पुगेर दुई पक्षबीच ११ बुँदे सहमति भएपछि गौतमले अनशन तोडेका हुन् ।

दिउँसो ३ः३० बजेबाट गौतमले अनशन स्थगन गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हिकमतबहादुर बोहराले बताए । 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १८:२७
Weather Update