News Griha :: न्यूजगृह
भ्रष्टाचारीलाई कारबाही देशको आवश्यकता : गृहमन्त्री श्रेष्ठ

काठमाडौं— उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देश कमिशन र भ्रष्टाचारको जालो नियन्त्रण गर्नुपर्ने बताएका छन् । भ्रष्टाचारीलाई कारबाही र नियन्त्रण गर्दै सामाजिक न्यायसहितको सामाजिक रूपान्तरणको पक्षमा काम गर्नु आजको आवश्यकता भएको उनको भनाइ छ ।

प्रेस सेन्टर नेपाल बागमती प्रदेशको धुलिखेलमा शनिबार भएको वार्षिक साधारण सभामा उनले भ्रष्टाचारको जालोलाई तोड्ने गरी काम गर्न सकेमा मात्रै सामाजिक र आर्थिक रूपान्तरणको प्रक्रियालाई तीव्र पार्न सकिने बताए । 

गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारीको नियन्त्रण र सुशासन स्थापनालाई समृद्धिको पूर्वसर्त बनाउन आवश्यक रहेको भन्दै सुशासन र विकासको लक्ष्य प्राप्त गर्नेतर्फ अगाडि बढ्न आवश्यक रहेकामा जोड दिए । 

आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर र अर्का देशको शरणार्थी बनाएर पैसा र सम्पत्ति आर्जन गर्ने धन्दामा लागेकाहरूलाई कारबाहीको दायरामा ल्याउने पहलकदमी गरिरहेको र ल्याइछाड्ने उनले अठोट व्यक्त गरे । रासस
 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १८:०५
Weather Update