छुरा प्रहार गरी रौतहटमा एक जनाको हत्या

काठमाडौं— रौतहटको गौर नगरपालिका- ७ सिसवा टोलका ४५ वर्षीय यार महम्मद खानको हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) वीरबहादुर बुढामगरका अनुसार शुक्रबार राति १० बजेतिर घर नजिकै खान र छिमेकी शेख साविरबीच सामान्य विवाद भएको थियो । त्यस क्रममा साविरले खानको बायाँ छातीमा छुरा प्रहार गरेका थिए ।
छुरा प्रहारबाट गम्भीर घाइते खानलाई प्रादेशिक अस्पताल कलैया लैजाने क्रममा बाटो मै मृत्यु भएको एसपी बुढामगरले बताए ।छुरा प्रहारमा संलग्न फरार भएका छन् ।
प्रकाशित मिति: शनिबार, जेठ ६, २०८० ०९:०६