
काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि सार्वजनिक गरेको तरकारी तथा फलफूलको मूल्य अनुसार थोक बजारमा तरकारीको मूल्य केही सस्तो भएको छ ।
जसअनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्यूनतम ५० रुपैयाँ, रातो आलु (मुडेँ) ३५ रुपैयाँ, सेतो आलु २९ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, कागती १८० रुपैयाँ, सुकेको प्याज ३५, रुपैयाँ ,बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।
त्यस्तै, लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी ६०, तने बोडी ३०, राजमा घिउ सिमी ९०, लोकल सिमी ६०, भटमास कोशा १००, मटर कोशा १२०, तिते करेला ३०, लौका ४०, परबर ८०, पाकेको फर्सी ४५, घिरौँला ४५, भिण्डी ५०, सलगम ७०, इस्कुस ४०, कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ २५०, कुरिलो ३५०, ब्रोकाउली ७०, तोफु ९०, लोकल काँक्रो १०० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको छ ।
चम्सुरको साग ११०, पालुङ्गो साग ११०, मेथीको साग ११०, तोरीको साग ४० हरियो लसुन ११०, रायो साग ४०, धनियाँ ६० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।
त्यस्तै, कालो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी ३०० रुपैयाँ, हरियो अङ्गुर २०० रुपैयाँ, तरबुजा ४०, भारतीय दसहरी आँप २२०, मौसम १५०, अनार २५०, केरा दर्जनको १४०, फुजी स्याउ २५०, आभोकाडो ४०० र मेवा नेपाली ६० रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले उल्लेख गरको छ ।













