भारत भ्रमणबारे के भन्छन् प्रधानमन्त्री दाहाल ?

काठमाडौं— प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिमेकी राष्ट्र भारत भ्रमणबारे कुनै टुंगो नभएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएपछि सञ्चारकर्मीले राखेको प्रश्नको जवाफमा प्रधानमन्त्रीले भारत भ्रमणको कुनै टुंगो नभएको बताएका हुन् ।
प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण चैत्रको अन्तिम हप्ता वा वैशाख पहिलो हप्ताभित्र हुन सक्ने बताए ।
‘भारत भ्रमणको टुंगो छैन । सायद यो महिनाको अन्त्यतिर वा अर्को महिनाको सुरुमा हुन सक्दछ,’ प्रधानमन्त्री दाहालले भने ।
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९ २०:१०













