
काठमाडौं— नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले ६ देखि १० जेठसम्म गर्ने नेपाल बन्द घोषणा कार्यक्रम फिर्ता लिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार संसद्मा लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिने फौजदारी विधेयक संसद्मा टेबल भइसकेको जानकारी दिएको भन्दै नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्ति जारी गरेर नेपाल बन्दका कार्यक्रम फिर्ता लिइएको जनाएका छन् ।
नाउपाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘सरकार पक्षबाट सम्माननीय प्रधानमन्त्रीज्यूले सदनमै ‘लाल आयोग’ प्रतिवेदन सार्वजनिक गरिने फौजदारी विधेयक संसदमा टेबुल भइसकेकोलगायत अन्य राजबन्दीको रिहाइ कानुन संशोधन गरेर भए पनि निकाल्ने प्रतिवद्धता संसद्मै जाहेर गर्नुभएको हुँदा सरकार पक्षसँग भएको सम्झौता सारकारात्मक भएको महसुस नागरिक उन्मुक्ति पार्टीलाई भएकाले प्रेस विज्ञप्तिमा आह्वान गरिएको नेपाल बन्द कार्यक्रम अर्को सूचना नआउँदासम्म स्थगित गरिएको छ ।’














